जोडिनुहोस
  • होमपेज
  • उद्योग वाणिज्य महासंघको मतदान आज, वरिष्ठ उपाध्यक्षमा तीनजना भिड्दै

उद्योग वाणिज्य महासंघको मतदान आज, वरिष्ठ उपाध्यक्षमा तीनजना भिड्दै

काठमाडौं—  नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।

महासंघको विधानअनुसारअनुसार ६३ पदाधिकारीका लागि निर्वाचन हुने भएपनि कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।

सर्वसम्मत निर्वाचन हुनेमा कार्यसमिति सदस्यतर्फ लुम्बिनी प्रदेशबाट जम्शेर मिया छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल के।सी।, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल रहेका छन् ।

एक वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अन्जन श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघईले उमेदवारी दिएका छन् । तीनजनामध्ये एक जना महासंघको वरिष्ठ उपाध्यक्ष चुनिने छन् । त्यस्तै, उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीनजना उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका