जोडिनुहोस
  • होमपेज
  • नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने

नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन्।

राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन्।

उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको पटकपटक दोहोर्‍याए।

पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि बताए। तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

पूर्वगभर्नर नेपालले व्यापार गर्नका लागि झन् धेरै अध्ययन आवश्यक पर्ने स्मरण गराए। उनले भने, ‘मेरो सोर्स चाहिन्छ। सोर्सको मैले त्यत्तिको महत्व देखेकै छैन। मैले त राष्ट्र बैंकमा बसेर देखेको हो नि। मलाई थाहा छ। तपाईहरुले सोधे हुन्छ–राष्ट्र बैंकमा सोर्स लाग्दैन। त्यहाँ मजाले आफ्नो क्षमताले जागिर खाने हो। त्यहाँ तल्लो तहदेखि माथिल्लो तहसम्म जागिर जान सोर्स चाहिँदैन। क्षमतालाई आफैंले उजागर गर्ने हो।’

पूर्वगभर्नर नेपालले नेपालमा नपढनेहरुलाई व्यापार गर भनेर बाबुआमाले लगानी गरिदिने चलन राम्रो नभएको उल्लेख गर्दै त्यसका लागि झनै धेरै अध्ययनको आवश्यक हुने तर्कसमेत गरे।

उनले माध्यामिक शिक्षा सकिएपछि २ वर्ष कडा मेहनतका साथ अध्ययनको काम अघि बढाउने विद्यार्थीहरुको भविष्य आफूले नेपालमा राम्रो देखेको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका