जोडिनुहोस
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको ऋणपत्र करिब डेढ गुणाले ओभरसब्सक्राइब्ड

महालक्ष्मी विकास बैंकको ऋणपत्र करिब डेढ गुणाले ओभरसब्सक्राइब्ड

काठमाडौं : महालक्ष्मी विकास बैंकले ल्याएको ऋणपत्र करिब डेढ (१.५) गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

महालक्ष्मी विकास बैंकको ऋणपत्र तोकिएको समयअगावै बिक्री भएको हो। यो विकास बैंकले चैत २९ गतेबाट  ‘११% महालक्ष्मी डिवेञ्चर २०८९’ का इकाईहरूको बिक्री खोलेको थियो।

बैंकले १००० रूपैयाँ अंकित मूल्य भएका यो ऋणपत्रका ४ लाख कित्ता इकाई सर्वसाधारणका लागि बिक्री खोलेको थियो। कुल १ अर्बको आकारको यो ऋणपत्रका बाँकी ६ लाख कित्ता भने व्यक्तिगत तवरबाट बिक्री गर्ने योजना थियो।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ताकै लागि पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

महालक्ष्मी विकास बैंकका डिपोजिट मार्केटिङ तथा कर्पोरेट कम्युनिकेसन प्रमुख वसन्त बक्सीका अनुसार ऋणपत्रका इकाईहरू खरीदका लागि छिटोमा वैशाख ४ गते (हिजो) र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने थियो। आवेदन दिनका लागि तोकिएको छिटो अवधि अर्थात वैशाख ४ गते नै ऋणपत्र डेढ गुणाले ओभरसब्सक्राइब्ड भएको हो।

उनले वार्षिक ११ प्रतिशत ब्याज पाइने यो लगानी उपकरणमा लगानीकर्ताको आकर्षण निकै राम्रो देखिएको बताए। उनले भने, ‘आकर्षण निकै राम्रो देखिएको मुख्य कारण थियो बैंकहरूले मुद्दति निक्षेपमा घटाएको ब्याजदर हो। मुद्दतिको ब्याजदर घटाउँदा १० वर्षसम्म ढुक्कले वार्षिक ११ प्रतिशत ब्याज पाइने महालक्ष्मी बैंकको यो ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका