जोडिनुहोस
  • होमपेज
  • राजस्थानमाथी लखनउको रोमान्चक जित

अन्तर्राष्ट्रिय

राजस्थानमाथी लखनउको रोमान्चक जित

  • Sagarmatha TV
  • बिहिबार, बैशाख ७, २०८०
राजस्थानमाथी लखनउको रोमान्चक जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौथो जित निकालेको छ ।

लखनउले छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा सवाई मानसिंह स्टेडियम जयपुरमा साबिक उपबिजेता राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको हो ।

लखनउले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो ।

राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ३५ बलमा सर्वाधिक ४४ रन बनाए । अर्का ओपनर जोस बटलरले ४१ बलमा ४० रन बनाए ।

पहिलो विकेटका लागि यशस्वी र बटलरले ८७ रनको साझेदारी गरेका थिए । देवदत्त पाडिकलले २१ बलमा २६ रन बनाए ।

लखनउका लागि आभेस खानले ३ र मार्कस स्टोइनसले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

लखनउका लागी ओपनर केल मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर तथा कप्तान केएल राहुलले ३२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । यि दुईले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे ।

मार्कस स्टोईनसले १६ बलमा २१ रन बनाउँदा निकोलस पुरनले २० रन बनाए । कुर्नाल पान्ड्या २ बलमा ४ रन बनाउँदै अविजित रहे ।राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा,जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिए ।

छैटौं खेलमा चौथो जित निकालेको लखनउ १० टोली सहभागी लिगमा ८ अंक सहित दोस्रो स्थानमा कायमै रहेको छ ।

हारका बाबजुद राजस्थान ६ खेलमा ८ अंक सहित शीर्ष स्थानमा कायमै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका