जोडिनुहोस
  • होमपेज
  • आर्सनलमाथि सिटीको सानदार जित

खेलकुद

आर्सनलमाथि सिटीको सानदार जित

  • Sagarmatha TV
  • बिहिबार, बैशाख १४, २०८०
आर्सनलमाथि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलविरुद्ध सानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४-१ गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका रोब होल्डीङले एक गोल फर्काए ।

Image

खेलको सातौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दा सिटी २-० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोबले गोल गर्दै आर्सनललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । जितसँगै सिटीले ३१ खेलमा ७३ अंक जोडेको छ ।

दोस्रो स्थानको सिटी आर्सनल भन्दा २ अंकले पछि रहेको छ । दुई बढी खेलेको आर्सनल ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका