जोडिनुहोस
  • होमपेज
  • अघिल्लो दुई दिनको तुलनामा भारतमा कोरोनाका बिरामी घटे

अघिल्लो दुई दिनको तुलनामा भारतमा कोरोनाका बिरामी घटे

नयाँदिल्ली– अघिल्लाे दुई दिनको तुलनामा बिहीबार भारतमा कोरोनाका बिरामी घटेका छन् ।

केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार नौ हजार तीन सय ५५ जना सङ्क्रमणको शिकार भएका प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको छ ।

यो सङ्क्रामक रोगबाट बिहीबार २६ जनाले ज्यान गुमाएका छन् । मंगलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ५७ हजार चार सय १० जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख ३५ हजार नौ सय ७७ जनाले कोभिड–१९बाट पूर्ण निको भएका मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका