जोडिनुहोस
  • होमपेज
  • महावीर पुनको आन्दोलनमा राप्रपाको समर्थन

महावीर पुनको आन्दोलनमा राप्रपाको समर्थन

काठमाडौँ । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।

आज बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको हो।

धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरू, अन्य पदाधिकारीहरू, सङ्घ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ सङ्गठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको समूह समेत ऐक्यबद्धताका लागि पुगेका थिए ।

आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा निर्देशन समितिका अध्यक्ष डा लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिए ।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिँदै अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका