जोडिनुहोस
  • होमपेज
  • अवैध जुत्ता बोकेका तीन वटा टक्र नियन्त्रणमा

अवैध जुत्ता बोकेका तीन वटा टक्र नियन्त्रणमा

हेटौडा । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अवैध रूपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ ।

प्रहरीले झन्डै साँढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गबाट चेकजाँचको क्रममा अवैध रूपमा जुत्ता भित्राउँदै गरेका तीन वटा टक्रहरु सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन । गत वैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन । जसको मूल्य ४ लाख ८८ हजार १७३.६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४.५० रुपैयाँ रहेको अनुमान गरिएको छ ।

नियन्त्रणमा लिएको तीन वटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका