जोडिनुहोस
  • होमपेज
  • सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन : पौडेल

सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन : पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवम् सांसद देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने टिप्पणी गरेका छन् । सोमबार संसदमा बोल्दै पौडेलले सत्तापक्ष र विपक्ष केही नभनेर राम्रो काम गर्ने सरकारलाई समर्थन गर्नुपर्ने बताए ।

‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकाको प्रश्न उठाउनुभएको छ । मैले सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन’ पौडेलले भने, ‘यो भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको विषय होइन । यो देशको साझा विषय हो ।’

के नेपाल सुशासन नभएको देश हो भन्दै पौडेलले प्रश्न गरेका छन् । ‘के यो देशमा न्याय लुटिएको हो ? के कानुन मरेको हो ? जिम्मेवारी समाप्त भएको हो ? के जबाफदेहिता नभएको देश हो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘यी सबै हुन् भने भ्रष्टाचारको सवालमा साझा धारणा बनाएर जान जरुरी छ ।’ भुटानी प्रकरणको विषय उठेका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न पौडेलले आग्रह गरे ।

भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य बुझेर सरकार सहित सम्बन्धित निकायलाई सहयोग पुर्‍याउनु पर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका