जोडिनुहोस
  • होमपेज
  • गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो

गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो

काठमाडौं । गुजरात जायन्ट्सले ओपनर शुभमन गिलको शतकको सहयोगमा इन्डियन प्रिमियर लिग(आइपीएल)मा सनराईजर्स हैदराबादलाई हराएको छ ।

सोमबार राती घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हैदराबादलाई ३४ रनले परजित गर्दै गुजरात प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ ।

गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।

हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

भुवनेश्वर कुमारले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए । मंयक मारकन्डे १८ तथा पैजल हक फारुकी १ रनमा अविजित रहे ।

गुजरातका लागि मोहिल शर्मा र मोहम्मद सामीले समान ४/४ तथा यश दयालले १ विकेट लिए । सामीले ४ ओभरमा २१ रन खर्चिदाँ शर्माले ४ ओभरमा २८ रन खर्चिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ्स खेले ।

आइपीएलमा पहिलो शतक गिलले ५६ बलको सहयोगमा बनाएका थिए ।

सुरुआत राम्रो हुन नसकेको गुजरातले ईनिङ्सको तेस्रो बलमा नै ओपनर ऋद्धिमान शाहलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि ओपनर गिल र साई सुदर्शनले १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए ।

सुर्दशनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १ सय ४६ मा १ विकेट गुमाएको सहज स्थितिमा रहेको गुजरातले थप ४२ रन बनाउँदा ८ विकेट गुमायो ।

हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । टी नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान १/१ विकेट लिए ।

जितसँगै तेह्र खेलमा नौ जित र चार हारका साथ दश टोली सहभागी लिगमा अठार अंक सहित गुजरात शीर्ष स्थानमा कायमै रहेको छ ।

हारसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको हैदराबाद बाह्र खेलबाट चार जित र आठ हारका साथ नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका