जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : थ्री स्टार र सातदोबाटो भिड्दै

‘ए’ डिभिजन लिग : थ्री स्टार र सातदोबाटो भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार एक खेल हुँदैछ ।लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत शनिबार अन्तिम एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सातदोबाटो आठौं जितको खोजीमा हुनेछ । सातदोबाटो १८ खेलमा २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पहिलो लेगमा थ्री स्टारले सातदोबाटोलाई हराएको थियो । दशरथ रंगशालामै भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हराएको थियो ।

थ्री स्टारको जितमा आदि शाक्यले निर्णायक गोल गरेका थिए ।आज थ्री स्टार उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

सातदोबाटो भने पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका