जोडिनुहोस
  • होमपेज
  • गण्डकीमाथि मधेसको सहज जित

गण्डकीमाथि मधेसको सहज जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो । जितका लागि ३ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले ।

त्यस्तै मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो । जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२।३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाउँदै जित दर्ता गरेको हो । एपिएफका कप्तान रोहित पौडेलले ५२ रनको योगदान दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?