जोडिनुहोस

रिपोर्ट

फर्कियो आँखाको ज्योति

  • Sagarmatha TV
  • सोमवार, जेष्ठ २९, २०८०
फर्कियो आँखाको ज्योति

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घ र गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल र स्थानीय तहको संयुक्त आयोजनामा डोटीका दुई र अछामको एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तीन वटा आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले जानकारी दिए। शिविरमार्फत एक सय ८८ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा तीन सय ५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाविन्दु देखिएका ७३ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । डोटीकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा तीन सय ९३ जनाको आँखा परीक्षण गरी ६० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताए ।

जेठ १८ र १९ गते अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न शिविरमा तीन सय ९७ जनाको निःशुल्क आँखा जाँच गरी मोतियाविन्दु देखिएका ५५ जना बिरामीले निःशुल्क शल्यक्रिया गराएका छन् । न्यून दृष्टि देखिएका चार सय ५२ बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।

अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ प्राविधिकको समूहले शिविर सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका