जोडिनुहोस
  • होमपेज
  • हुम्लाकी एक महिलाको हिलोकोप्टरमार्फत उद्धार

हुम्लाकी एक महिलाको हिलोकोप्टरमार्फत उद्धार

सिमकोट– हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो ।

गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए । उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था चिन्ताजनक बनेको उनको भनाइ छ ।

हाल उनको सुुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेकोे छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन् ।

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ ।

यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका