जोडिनुहोस

अन्तर्राष्ट्रिय

पाकिस्तान ८७ रनमा अलआउट

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ ३०, २०८०
पाकिस्तान ८७ रनमा अलआउट

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई रनको लक्ष्य दिएको छ ।

हङकङको मङकङमा पाकिस्तान ए ले टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनायो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो । कविता कुवँरले पहिलो ओभरमा नै इमन फतिमालाई शुन्य रनमा आउट गराएकी थिईन् ।

१९ औं ओभरमा ईन्दु बर्माले लगातार दुई विकेट लिएसँगै नेपाल खेलमा पुर्णत हाबी भएको थियो । कविता कुवँरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो ।

ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २/२ विकेट लिएका थिए ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।

प्रतियोगितामा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने सोचमा रहेका छन् ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका