जोडिनुहोस
  • होमपेज
  • महिला इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारतबीचको खेल बर्षाले रद्ध

महिला इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारतबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी– २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको नेपाल र भारतबीचको खेल बर्षाले रद्ध भएको छ ।

बर्षाले मैदान खेल्न लायक नभएपछि खेल रद्ध भएको हो । खेल रद्ध भएसँगै दुवैले एक एक अंक बाडेका छन् ।

यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरिसकेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको थियो ।

समुह ए मा भारत २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा छ भने पाकिस्तानपनि २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपालको २ खेलमा १ अंक रहेको छ र नेपाल तेस्रो स्थानमा छ भने २ खेलमा १ अंक रहेको हङकङ चौथो स्थानमा छ ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ ।

नेपालले अब आफ्नो समुह चरणको अन्तिम खेल १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टीम( रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका