जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक : आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक : आज उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ। यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटउपर छलफल गरिएको थियो ।

24535

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका