जोडिनुहोस
  • होमपेज
  • न्युजिल्यान्डसँगको २ खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

न्युजिल्यान्डसँगको २ खेलको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ । न्युजिल्यान्डले दिएको दुई सय ७९ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको खाना समयपछि सात विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका एलेक्स केरीले नट आउट ९८, मिचेल मार्शले ८० रन बनाए । न्युजिल्यान्डका बेन सेर्सले ४ विकेट लिए ।

दोस्रो पारीमा न्युजिल्यान्डले रचिन रविन्द्र, टम लाथम र ड्यारेल मिचेलको अर्धशतकको मद्दतमा ३ सय ७२ रन बनाएको थियो । दोस्रो पारीमा अस्ट्रेलियाका प्याट कमिन्सले ४, नायन लियनले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान क्रिस्टचर्चमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्ड पहिलो पारीमा १ सय ६२ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका टम लाथमले सबैभन्दा धेरै ३८ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ५ विकेट लिए । पहिलो पारीमा अस्ट्रेलियाले मार्नुस लाबुशेनको ९० रनको मद्दतमा २ सय ५६ रन बनाएको थियो । न्युजिल्यान्डका म्याट हेनरीले ७ विकेट लिए ।

पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ७२ रनले जितेको थियो । यसअघि भएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि अस्ट्रेलियाले ुक्लिन स्वीपु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका