जोडिनुहोस
  • होमपेज
  • हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् ।

मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ,’ उनले भने ।

उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए ।

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको बताए । उनले नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका