जोडिनुहोस
  • होमपेज
  • गोरखामा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

गोरखामा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।

गए राति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको थियो ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् -‘गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका