जोडिनुहोस
  • होमपेज
  • संसद एक नाटकघर भएको सिके राउतको टिप्पणी

संसद एक नाटकघर भएको सिके राउतको टिप्पणी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले बजेट पास भएपछि असन्तुष्ट व्यक्त गरेका छन् । एक महिना लामो समयसम्म संसदमा बजेटको विरोध गरेका सांसदहरुले बजेट पास गर्न सहमति जनाएपछि मधेस केन्द्रित दलको आलोचनामा उत्रिएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेष्ठ १५ मा संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष सीके राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको उल्लेख गरेका छन् ।

जनमत पाटीका अध्यक्ष सिके राउतले सामाजिक संजालमा लेखेका छन् –‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका