जोडिनुहोस
  • होमपेज
  • हेटौंडामा यात्रुबाहक बस दुर्घटना, ३७ जना घाइते

हेटौंडामा यात्रुबाहक बस दुर्घटना, ३७ जना घाइते

हेटौंडा । मकवानपुुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका