जोडिनुहोस
  • होमपेज
  • प्रधान सेनापतिद्वारा अशोक सिग्देललाई रथीको दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा अशोक सिग्देललाई रथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले शुक्रबार फुली लगाएका छन् । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषदको बिहीबारको निर्णयबमोजिम सिग्देल रथीमा बढुवा भएका थिए । योसँगै उनी नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने समेत तय भएको छ । सेनाको अर्को रथी पद पनि रिक्त भएको छ ।

२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका