जोडिनुहोस
  • होमपेज
  • कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै, यी हुन छलफलका एजेण्डा

कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै, यी हुन छलफलका एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी कार्यालय सानेपामा बुधवारबाट सुरु हुँदै छ ।

बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरणबारे छलफल हुने छ । यस्तै सदस्यहरूको नवीकरण र अभिलेखीकरणको विषयमा पनि छलफल हुने महामन्त्री गगन थापाले बताए ।

त्यसै गरी विधानअनुसार गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्ट सञ्चालन तथा व्यवस्थापन लगायत सांगठनिक विषयमा पनि छलफल हुने उनले बताए ।

कांग्रेसले बैठकमा सहभागी हुने जिल्ला सभापतिहरूलाई आफ्नो क्षेत्रका प्रतिनिधिसभा, क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिका पदाधिकारी र सदस्यहरूको नामावली र सम्पर्क नम्बर लिएर आउन भनेको छ ।

वडादेखि जिल्लासम्म विधान अनुसार हुनुपर्ने सम्मेलन कुन तहमा सम्पन्न भए र कुनमा हुन बाँकी छ भन्ने कुराको विवरण र योजना लिएर आउन पनि भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका