जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको राजीनामाबाट एमाले ब्याक नभएपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

प्रधानमन्त्रीको राजीनामाबाट एमाले ब्याक नभएपछि प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताए ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल बैठक सूचना टाँसेर बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । त्यहीअनुसार पर्सिसम्ममा सहमति गर्न भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका