जोडिनुहोस
  • होमपेज
  • बलात्कारको मुद्दामा ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

बलात्कारको मुद्दामा ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबिन्होलाई बलात्कारको मुद्दा अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ । म्यान्चेस्टर सिटी र रियल म्याड्रिडका पूर्व फरवार्डसमेत रहेका रोबिन्होलाई इटालीको एक अदालतको फैसलाअनुसार ब्राजिलमा पनि नौ वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

४० वर्षीय रोबिन्होलाई इटालीको अदालतले सन् २०१७ मा २२ वर्षीया अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले उनले ब्राजिलमै नौ वर्षको जेल सजाय भोग्नेछन् । इटालीको अनुरोधपछि ब्राजिलका न्यायाधीशहरूले हिजो ब्राजिलमा सजाय भोग्नुपर्ने फैसला गरेका खबरमा उल्लेख छ । फैसलाको विरुद्धमा रोबिन्होले पुनरावेदन दिन सक्नेछन् ।

ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी रोबिन्होले देशका लागि एक सय वटा खेल खेलेका छन् । अपराधको समयमा उनले इटलीको एसी मिलान क्लबबाट खेलिरहेका थिए । रोबिन्होले पीडित भनिएकी महिलासँग यौन सम्पर्कका लागि सहमति भएको तर उनले पछि आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् ।

रोबिन्होले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबाट पनि खेलेका थिए । मड्रिडमा उनले चार सिजन खेलेकोमा दुई पटक ला लिगा उपाधि जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका