जोडिनुहोस
  • होमपेज
  • चिनियाँ उइघुरले उरुम्की नरसंहारको स्मरण गर्दै अस्ट्रियामा विरोध प्रदर्शन

चिनियाँ उइघुरले उरुम्की नरसंहारको स्मरण गर्दै अस्ट्रियामा विरोध प्रदर्शन

भियना— अस्ट्रियाको उइघुर समुदायले बेइजिङमा उइघुर र अन्य टर्किक मुस्लिम समुदायहरूमाथि भइरहेको उत्पीडनको अन्त्यको माग गर्दै भियनास्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन गरेको भ्वाइस अगेन्स्ट अटोक्रेसी (भीएए) ले उल्लेख गरेको छ।

सन् २००९ जुलाई ५ मा भएको उरुम्की नरसंहारको सम्झनामा र चीनको सिनजियाङ प्रान्तको पूर्वी तुर्कस्तानमा भइरहेको नरसंहारको विरुद्ध आवाज उठाउन यो प्रदर्शन आयोजना गरिएको हो ।

अस्ट्रियाका करिब ५० उइघुरहरू चिनियाँ दूतावास अगाडि भेला भई चिनियाँ सरकारको नरसंहारको विरुद्धमा नाराबाजी गरेका थिए ।

भीएएको अनुसार, यी उइघुरहरू मध्ये धेरैले नरसंहारमा आफ्ना प्रियजनहरू गुमाएका छन् र तिनीहरूका लागि चिनियाँ दमन विरुद्ध जारी लडाईमा बल प्राप्त गर्न बेइजिङ सरकारको यो जघन्य कार्यलाई सम्झनु महत्त्वपूर्ण छ।

अस्ट्रियामा उइघुर समुदायका अध्यक्ष मेभलान दिलसातले विरोध प्रदर्शनको नेतृत्व गरे र देशका विभिन्न प्रान्तका उइघुरहरूले ठूलो संख्यामा प्रदर्शनमा भाग लिए।

प्रदर्शनकारीले अन्तर्राष्ट्रिय समुदायलाई यस नरसंहारविरुद्ध कारबाही गर्न आग्रह गरेका छन् । कुख्यात उरुम्की नरसंहारमा, जातीय अल्पसंख्यक उइगुर र हान चिनियाँ समुदाय बीचको भयानक तीन दिनको हिंसा पछि लगभग २०० जनाको मृत्यु भएको थियो र लगभग १७ सय जना घाइते भएका थिए ।

यद्यपि, यी केवल आधिकारिक चिनियाँ तथ्याङ्कहरू हुन्, र मृतक र घाइतेहरूको वास्तविक संख्या अझै धेरै भएको विश्वास गरिन्छ । जुन ५, २००९ मा जब चिनियाँ कम्युनिष्ट पार्टीको ‘जातीय सफाया’ नीतिको सुरुवात भएको थियो त्यतिबेला देखि उइघुरमाथि निरन्तर दमन भईरहेको छ ।

अध्ययन अनुसार उइघुर समुदायका करिब १८ लाख मानिसलाई नजरबन्द शिविरमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका