जोडिनुहोस
  • होमपेज
  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–५ का २६ वर्षीय रामबहादुर बुढाथोकी रहेका छन् । उनी सो ट्याक्टरका चालक हुन् ।

रा १ त ३८८७ नम्बरको ट्याक्टर गएराति बाल्ले खोलादेखि बाल्ले भन्ने ठाउँमा जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्याक्टर स्थानीय स्वास्थ्य चौकीको भवन निर्माणका लागि बालुवा लिएर फर्किँदै गरेको थियो । सडकदेखि करिब १० मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका