जोडिनुहोस
  • होमपेज
  • भुटानी शरणार्थी प्रकरणले गर्दा अनुहार लुकाएर हिँड्ने अवस्था बनेको छ : शेखर कोइराला

भुटानी शरणार्थी प्रकरणले गर्दा अनुहार लुकाएर हिँड्ने अवस्था बनेको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले गर्दा अहिले अनुहार लुकाएर हिँड्ने अवस्था बनेको टिप्पणी गरेका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारले देशलाई चारैतिर गम्भिर तरिकाले गाजिरहेको बताए ।

‘यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शुन्य सहनशिलताको हिसाबले बढ्नुपर्छ । नत्र कांग्रेसको औचित्य समाप्त हुन्छ। दण्डहिनतको अन्त्य गर्न सकेको छैन’, उनले भने, ‘राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिरहेको छ । कानून नै हामीहरु जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने कुराले हामीहरुको छवि धुमलिएर गइरहेको पाइरहेको छु । भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समुदायमा हामीले अनुहार कसरी देखाउने ? विदेश जाँदा नेपाली पासपोट लिएर जाँदा तिमीहरु यस्तो हौं भन्यो भने मुख कसरी देखाउँने ?’

कांग्रेस अब केन्द्रीय समितिको बैठकपछि शुन्य सहनशीलतालाई लिएर अघि बढ्ने विश्वास व्यक्ति गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका