जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवार देखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका