जोडिनुहोस
  • होमपेज
  • गम्भीर खडेरी तथा चरम जाडोका कारण अफगान किसान मारमा

गम्भीर खडेरी तथा चरम जाडोका कारण अफगान किसान मारमा

काबुल– खाद्य र कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार व्यापक खडेरी र कडा चिसो जाडोले अफगानिस्तानका किसान मारमा परेको टोलो न्यूजले उल्लेख गरेको छ।

गम्भीर र व्यापक खडेरी, अत्यधिक कठोर जाडोको अतिरिक्त, किसानहरूलाई असर गरेको एफएओले जनाएको छ ।

अफगानिस्तानको सन्दर्भमा, एफएओले ८० प्रतिशत अफगान परिवारहरू आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन्।

यसबाहेक, अफगानिस्तानका ८ मिलियन मानिसहरूलाई सहयोग गर्न २५२ दशमलव ४ मिलियन चाहिने एफएओलाई उद्दृत गर्दै टोलो न्यूजले लेखेको छ ।

अर्थशास्त्री अब्दुल बासीर तरकीले तालिबानलाई मान्यता नदिने भएकाले सहयोग कम भएको बताए। ‘‘अहिले हाम्रो देशको पहिचान छैन, बैंकिङ प्रणाली समस्याग्रस्त छ, व्यवसाय ठप्प छ र ३० देखि ४० प्रतिशतभन्दा कम सहयोग लिन बाध्य छौँ,’ उनले भने ।

यद्यपि, अर्थमन्त्री अब्दुल लतिफ नाजारीले गरिबीको मुख्य कारण अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध र पूर्वाधार परियोजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको निलम्बन रहेको बताए ।

नाजारीले भने, ‘अफगानिस्तानको सम्पत्ति रोक्का र प्रतिबन्धले निस्सन्देह अफगानिस्तानका जनताको जीविकोपार्जनमा प्रभाव पार्नेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका