जोडिनुहोस
  • होमपेज
  • एक सातादेखि सम्पर्कविहीन कुवेर दमाईंको शव खाडलभित्र भेटियो

एक सातादेखि सम्पर्कविहीन कुवेर दमाईंको शव खाडलभित्र भेटियो

कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणीमा एक युवकको शव खाडलमा गाडिएको अवस्थामा भेटिएको छ । कृष्णपुर नगरपालिका– २ वाणी नवदुर्गा टोलका स्थानीय कुवेर दमाईंको शव खाडलभित्र गाडिएको अवस्थामा भेटिएको हो ।गएराति प्रहरीले बन्डनदीको किनार खाडलमा गाडिएको अवस्थामा दमाईंको शव निकालेर स्वास्थ्य परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले खाडलभित्र भेटिएको शव शंकास्पद रहेको बताए । ‘खाडलभित्र भेटिएको शवको प्रकृति हेर्दा कुहिएको अवस्थामा हामीले भेटाएका छौँ,’ प्रवक्ता डाँगीले भने, ‘शंकास्पद नै छ, थप अनुसन्धान अघि बढाएका छौँ ।

बस्तीनजिकै रहेको खोलामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले दमाई एकसातादेखि घर परिवारको सम्र्पकमा नरहेको बताए । ‘उनी भारतमा रोजगारी गर्दै आएका छन, ‘वडाध्यक्ष साउदले भने, ‘घर आउजाउ गर्दै आएका छन, घटना रहस्यमय भएकाले प्रहरीले यसमा गम्भीर भएर अनुसन्धान गर्दै दोषिउपर कारबाही गर्नुपर्छ ।’

स्थानीयलेसमेत हत्याको आशंका गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषिउपर कारबाहीको माग अघि सारेका छन । मृतक दमाईको घरनजिकै रहेको खोलामा शव भेटिएपछि प्रहरीले आफन्त एवं नजिका व्यक्तिमाथि आशंका गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका