जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको खैबर पख्तुनख्वा सरकारद्वारा प्रान्तमा सार्वजनिक भेला र र्‍यालीमा प्रतिबन्ध

पाकिस्तानको खैबर पख्तुनख्वा सरकारद्वारा प्रान्तमा सार्वजनिक भेला र र्‍यालीमा प्रतिबन्ध

बाजौर— पाकिस्तानको खैबर पख्तुनख्वाको प्रान्त सरकारले बाजौरमा भएको आत्मघाती बम विष्फोटपछि सार्वजनिक भेला र र्‍याली गर्न प्रान्तभरी प्रतिबन्धको घोषणा गरेको छ।

खैबर पख्तुनख्वाको गृह मन्त्रालयले एक परिपत्र जारी गर्दै प्रान्तभरी सार्वजनिक भेला र र्‍याली रोक्न डिभिजनल कमिश्नर र उपायुक्तहरूलाई पत्र पठाएको छ ।

गृह मन्त्रालयले उक्त आदेशलाई तत्काल र कडाइका साथ कार्यान्वयन गर्न सबै पदाधिकारीलाई निर्देशन दिएको छ । उपायुक्तहरूले अनुमति दिएका बाहेक सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइनेछ।

परिपत्रले सार्वजनिक भेला, राजनीतिक प्रदर्शन र र्‍यालीमा प्रतिबन्ध लगाउनका लागि बिग्रँदै गएको शान्ति व्यवस्थाको अवस्था र बढ्दो आतंकवादी घटनालाई उजागर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका