जोडिनुहोस
  • होमपेज
  • रोनाल्डोको गोलमा अल नासिर फाइनलमा

अन्तर्राष्ट्रिय

रोनाल्डोको गोलमा अल नासिर फाइनलमा

  • Sagarmatha TV
  • बिहिबार, साउन २५, २०८०
रोनाल्डोको गोलमा अल नासिर फाइनलमा

काठमाडौं । अरब क्लब च्याम्पियन्स कपमा अल नासिर क्लब फाइनल पुगेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो ।

अल नासिरका कप्तान रहेका रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टीमा गोल गरे । उनकै गोलमा साउदी क्लब अल नासिरले इराकी क्लब अल सोर्टालाई १–० गोल अन्तरले पराजित गर्यो ।

उनले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।

जसमा रोनाल्डो चुकेनन् । पहिलो हाफमा रोनाल्डोको गोलले अफ साईडका कारण मान्यता पाएको थिएन ।

शनिबार हुने फाइनलमा अल नासिरले साउदीकै क्लब अल हिलालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका