जोडिनुहोस
  • होमपेज
  • सावित्राको सानदार प्रदर्शनमा रानानाको पहिलो जित

सावित्राको सानदार प्रदर्शनमा रानानाको पहिलो जित

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले सिजनको पहिलो खेल विजयीबाट सुरुआत गरेको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको हो । रानानाका लागि आदि गोल्डेन र साम्बाले १/१ गोल गरे ।

सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् ।

रानानाले लिग यात्रा भने अगस्टको अन्तिमबाट सुरु गर्नेछ । लिगमा ८ टोलीबीच झन्डै ७ महिनासम्म लिग चल्नेछ । रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका