जोडिनुहोस
  • होमपेज
  • मौसमः काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी

मौसमः काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी

काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा रातिदेखि नै निरन्तर झरी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । साथै नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका