जोडिनुहोस
  • होमपेज
  • विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

बाँके– बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभएको छ । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका