जोडिनुहोस

समाचार

सुरु भयो पर्यटकीय सिजन

सुरु भयो पर्यटकीय सिजन

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६, अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा यतिबेला विभिन्न मुलुकका पाहुना बसिरहेका छन् । रिसोर्टमा बसेका ती पाहुना योगा सिक्न आएका हुन् । उनीहरू हरेक दिन बिहानैदेखि योगामा व्यस्त हुन्छन् ।

रिसोर्टको खुला र घाँसे मैदानमा हिमालतिर फर्केर योग गर्छन् । केही समय गाउँ डुल्छन् । बचेखुचेको समय पोखरा र आसपासका ठाउँ र हिमाल हेरेर दिन बिताउँछन् ।

पर्यटन व्यवसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ । अबका तीन महिना (सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यवसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन् ।

यतिबेला पोखराबाट उत्तिसारो हिमाल खुलेको नदेखिए पनि आसपासका ग्रामीण र उच्च भेगबाट भने हिमाली शृंखला सहजै देख्न सकिन्छ । पर्यटन व्यवसायीले यो सिजनसँग निकै अपेक्षा गर्छन् । अघिल्ला सिजनमा ॐ पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यवसायी बसिरहेका छन् ।
व्यवसायीका अनुसार मौसम अनुकूल हुने हुँदा यो बेला विदेशी पाहुना नेपाल घुम्न रुचाउँछन् । नेपालमा हुने साहसिक गतिविधिमा रमाउने ती पाहुनाको चाहना हुन्छ ।

पदयात्रादेखि पाराग्लाइडिङ, हाइकिङ, अल्ट्रालाइट बेलुन जस्ता गतिविधिमा रम्ने ती पाहुनाको चाहना हुन्छ । अबका तीन महिना नेपालमा साहसिक गतिविधिमा रमाउने पाहुना आउने गरेको व्यावसायी बताउँछन् । यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका