जोडिनुहोस
  • होमपेज
  • मेलम्चीको पानी बाह्रै महिना काठमाण्डौ ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने

मेलम्चीको पानी बाह्रै महिना काठमाण्डौ ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताउनुभएको छ ।

आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक अन्सारीले मेलम्ची आयोजना सुधार गर्न चार अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक अन्सारीले आयोजनास्थल नजिक अझै पनि ठूलो बाढी पहिरोको जोखिम रहेकाले कुन बेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का रहेको बताउनुभयो । गएको साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्याउँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो ।

यसैबीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हेलम्बुवासीको माग सम्बोधन नभए अर्को वर्षदेखि उपत्यकाले मेलम्चीको पानी नपाउने बताउनुभएको छ । आफ्ना माग पूरा गर्न सङ्घीय सरकारले चासो नदेखाएको अध्यक्ष ग्याल्जेनले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका