जोडिनुहोस
  • होमपेज
  • ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन

ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन

रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन नागरिक उड्यान प्राधिकरणको कार्यालयको टर्मिनल भवन अलपत्र परेको छ । भवन निमार्णको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाही कारण पशुचौपायको गोठ बनेको छ । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा असुरक्षाको जोखिमपूर्ण उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ ।

रारा ताल्चा विमानस्थलको टावर सहितको टर्मिनल भवन निमार्णको लागि २०७६ साल असोज २ गतेबाट निमार्ण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस ईन्टरनेशनल कम्पनी काठमाडौ बसुन्धराले कुल ८ करोड ६५ लाखमा निमार्णका गर्ने गरी जिम्मा लिएको भए पनि पटक(पटक म्याद थप्दा पनि भवन निर्माण हुन नसक्दा पछिल्लो समयमा अलपत्र परेको छ । आयोजना निमार्णका लागि ल्याएका सामानहरु खिया लागेका छन भने केही सामानहरु टुटफुट भएको छन । काम गर्ने कामदारहरुले काम गरेको रकम पाएका छैनन् भने लामा्रे सयमदेखि आयोजना स्थलमा ठेक्कादर कम्पनीका कुनै पनि जिम्मेवार व्यक्ति भेटिँदैनन् ।

२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५ सय ७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोडौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो ।

रारा ताल्चा एयरपोर्ट सञ्चालनको लागि पूर्वाधार नहुँदा काठको सानो घुम्तीबाट टर्मिनल भवन अर्थात नागरिक उड्डयन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलको धावन मार्गको चैतर्फी सामान्य काँडे तार र अन्य तारको घेरावार भए पनि यात्रु र स्थानीय मानिसहरु धावन मार्गको बीचबाट नै यात्रा गर्ने गर्छन् । यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौधौ पर्ने गरेको छ ।

टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले चेकजाँच गरेपछि यात्रुहरु कोचा कोच गरेर बस्नु पर्ने अवस्था छ । अव्यवस्थाको कारण यात्रुहरुको सामान हराउने डर निकै हुने गरेको छ । यात्रुहरुका लागि शौचालयको पनि उत्तिकै समस्या छ । टावरसहितको टर्मिनल भवन छिटो निर्माण गरिदिए यात्रुहरुलाई निकै सहज हुर्ने छायाँनाथ रारा नगरपालिका(८ का बलराम शाही बताउँछन् । अर्का यात्रु दलबहादुर रावत पनि टर्मिनल भवन चाँडै बन्नुपर्ने बताउँछन् ।

मुगु जिल्ला आफैंमा दुर्गम हिमाली जिल्ला हो । हिउँदमा हिउँ पर्ने, बर्खामा पानी पर्ने र निमार्णमा लाग्ने सामान समयमा पुर्याउन नसक्नु यस्का भौगोलिक कठिनाइ हुन् । त्यसमाथि निमार्ण कार्यको जिम्मा लिएको ठेक्कादार कम्पनीको ढिलासुस्तीका कारण निर्माणाधीन भवन बन्न नसकेको रारा ताल्चास्थित नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रतिनिधि शम्भुप्रसाद तिमिल्सिना बताउँछन् ।

यस्तै नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख रोमन भट्टराईले भने, ‘सानो काठको टहराबाट कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता छ । आकाशबाट पानी पर्दा टिनहरु बज्ने, आवाज आउने, हावाहुरी चल्दा सुर्खेत, नेपालगञ्जलगायत अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ । निर्माणाधीन अवस्थाको कार्यालयको भवन समयमा सम्पन्न गर्ने जिम्मा लिएको ठेक्कादारहरुको कमजोरीले बन्न नसक्नु दुर्भाग्य बनेको छ ।’

पर्यटकको प्रचुर सम्भावना रहेका रारा, छायानाथ लगायतका स्थान घुम्न जाने देशी विदेशी पर्यटकको संख्या बढ्दो छ । यही कारण पनि यस क्षेत्रका विकासका लागि पहल भइरहेको मुगु जिल्लाका पूर्वसंघीय सांसद गोपालबहादुर बल बताउँछन् ।

– नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका