जोडिनुहोस
  • होमपेज
  • शेखरले भने- सच्चिन नसके सरकारको बाटो खाली गर्नुस्

शेखरले भने- सच्चिन नसके सरकारको बाटो खाली गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकारका कारण देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन्।

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे। उनले देशको प्रधानमन्त्रीले पार्टीको कार्यक्रममा दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातीय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए।

उनले जातीय राज्य गोजीबाट निकालेर दिने हो रु भन्दै प्रश्न गरे। उनले गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु अस्वभाविक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका