जोडिनुहोस
  • होमपेज
  • मनाङ एअरको हेलिकप्टर दुर्घटनाः घाइते पाइलट खतरामुक्त

मनाङ एअरको हेलिकप्टर दुर्घटनाः घाइते पाइलट खतरामुक्त

काठमाडौं।मनाङ एअरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइल प्रकाशकुमार सेडाइको काठमाडौंमा उपचार भइरहेको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते पाइलट सेडाइको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका