जोडिनुहोस
  • होमपेज
  • दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौंको बाफल बस्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक ५० हजार रुपैयाँ तलब हुन्छ भनी एक लाख ९५ हजार रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आइबार पक्राउ गरेको हो ।

उनलाई बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका