जोडिनुहोस
  • होमपेज
  • सबै सम्भव सहयोग गर्न भारत तयार छ: प्रधानमन्त्री मोदी

सबै सम्भव सहयोग गर्न भारत तयार छ: प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका छन् । उनले दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

गएराती जाजरकोटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पले अहिलेसम्म १२८ जनाको ज्यान लिएको पुष्टि भएको छ भने १५५ जनाभन्दा बढी घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका