जोडिनुहोस
  • होमपेज
  • कौशलटारमा फेला परेको चितुवा नियन्त्रणमा

कौशलटारमा फेला परेको चितुवा नियन्त्रणमा

काठमाडौं भक्तपुरको मध्यपुरठिमी–३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएपछि ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाउने तयारी भएको छ । अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ ।

सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो । आक्रमणबाट दुई जना सामान्य घाइते भएका थिए । चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो ।

चितुवा कहाँबाट आयो भन्ने खुलेको छैन । चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए । झण्डै एक सय किलो चितुवा वयस्क छ । चितुवा करिब ७/८ वर्षको भएको वन अधिकारीहरुले अनुमान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका