जोडिनुहोस
  • होमपेज
  • अछाममा टेम्पो दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ह५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका– ४ का दीपक बोहरा र वडा नं। २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं। ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरुको कमलबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका