जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका