जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

दुर्गा प्रसाई र युवा संघ समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ । काठमाडौंको कोटेश्वर-तीनकुने र बल्खु आसपासको सवारी आवागमन अस्तव्यस्त बनेको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता र कार्यकर्ता कोटेश्वर–तीनकुनेमा प्रवेश गर्ने क्रम बढेसँगै सवारी साधन अस्तव्यस्त बनेको हो।

प्रदर्शनकारीहरु सडकमा प्रवेश गरेसँगै भक्तपुर(काठमाडौं, रत्नपार्क(कोटेश्वर सडकमा आवातजावतमा समस्या भएको छ। भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। युवा संघका प्रवक्ता निरोज पौड्यालले मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले आज काठमाडौंमा प्रदर्शन गरेको बताए।

त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन गर्दैछन्। उनको प्रदर्शनमा राजावादी समूहले पनि साथ दिएका छन्। उनीहरुको प्रदर्शनले बल्खु आसपासमा पनि सवारी आवागमन अवरुद्ध भएको छ।

दुबै समुहको प्रर्दशन सुरु हुनु अगावैदेखि उपत्यकामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। अप्रिय घटना नहोस् भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्डमा खटिएका छन्।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भएको छ। प्रदर्शन निगरानीका लागि तीनवटै जिल्लामा सशस्त्र प्रहरीका सवै युनिट, नेपाल प्रहरीका सवै कार्यालय, परिसर र वृत तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि तयारी अवस्थामा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका