जोडिनुहोस
  • होमपेज
  • छाउ नबार्ने महिलालाई सम्मान

समाचार

छाउ नबार्ने महिलालाई सम्मान

  • Sagarmatha TV
  • शुक्रबार, मंसिर ८, २०८०
छाउ नबार्ने महिलालाई सम्मान

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिलाहरुलाई सम्मान गरिएको छ । गडरायमा लागू भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई बिहीबार सम्मान गरेको हो ।

सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दूध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ । सामाजिक कुरीतिविरुद्ध डटेर सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा छन् ।

गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको प्रमिला रोकायाले बताइन्। उनले देउता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका