जोडिनुहोस
  • होमपेज
  • भूकम्प पीडितलाई एकमुष्ट ५० हजार उपलब्ध गराउन सरकारसमक्ष गगन थापाको माग

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार उपलब्ध गराउन सरकारसमक्ष गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एक एकमुष्ट पचास हजार उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सरकारले एकमुष्ट रुपमा भूकम्प पिडितलाई पचास हजार उपलब्ध गराएर समयमा नै पिडितको सुरक्षा गर्नुपर्ने महामन्त्री थापाले बताए ।

सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णयले भूकम्प पिडितले झन बढी सास्ती भोग्नुपर्ने बताउँदै उनले विना झन्झट सरकारले भूकम्प पिडितका लागि एकमुष्ट उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । उनले भने –हिउँद महिना लागेको जाडो अति धरै भएकाले समयमा नै सरकारले एक मुष्ट ५० हजार पिडितलाई उपलब्ध गराएर पिडितलाई अस्थायी आवास निर्माण पुरा गर्न समयमा नै सहयोग गर्नुपर्छ ।’

अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने पार्टीमा बुधबार छलफल भइसकेकाले यसको कार्यान्वयनमा सरकारले छिटो गर्नुपर्ने उनको भनाइ छ । पार्टीको निर्णय अनुसार सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भेटेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका